• २०८१ बैशाख १६ आइतबार

आफ्नै कार्यकालमा रेल चढेर बिदाई हुने लक्ष्य छ : मेयर शाक्य

kharibot

काठमाडौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा रेल चढेर विदाई हुने आफ्नो लक्ष्य रहेको बताएका छन् । मोनो रेलका लागि ललितपुर महानगरपालिकासँग कुराकानी भैसकेकोले छिट्टै रेल चलाउने जानकारी दिए 

पत्रकार भेटघाट कार्यक्रममा माहानगर प्रमुख बिद्यासुन्दर शाक्यलाई पत्रकारहरुले प्रश्न सोध्ने क्रममा मैले रेल कहिले चढ्न पाउने भन्ने प्रश्नमा मेयर शाक्यले भने “ मेरो आफ्नै कार्यकालमा रेल चढेर बिदाई हुने लक्ष्य छ ” । 

मेयर शाक्यले आफुले गरेको सम्पुर्ण कामको बिवरण स्वेतपत्र जारी गरी सबैलाई जानकारी दिने समेत बताएका छन् ।

आफुले सुरु गरेर पुरा गरेको काम , पहिला नै सुरु भएको र आफुले पुरा गरेको काम , सुरु भएको तर पुरा नभएका काम समेतको जानकारी दिने बताए ।

मेयर शाक्यले सय दिनमा गर्न नसकेको काम गर्न कोसिस गरे गर्न सकिन भनी माफी माग्ने समेत बताएका छन् । कार्यक्रममा मिटर ट्याक्सी, पुनर्निर्माण, सार्वजनिक शौचालय निमार्ण लगायतको बिषयमा छलफल समेत गरीएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै