• २०८१ बैशाख १५ शनिबार

नेपाली सेनाको 'सफा हिमाल अभियान २०२३' मा सुर्य नेपालको सहयोग

kharibot

काठमाडौं । जैविक विविधता, प्रकृती  तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले 'सफा हिमाल अभियान २०२३' संचालन गर्न गईरहेको छ ।

सो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य  हिमालहरु (अन्न्पूर्ण र लोत्से) को सफाई गर्ने उद्देश्य रहेको छ । सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैर सरकारी संस्था 'सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल'  सँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत  १ करोड १० लाख उक्त अभियान सम्पन्न गर्न सहयोग गर्ने भएको छ ।

एक कार्यक्रमकाबीच नेपाली सेना, सुर्य नेपाल प्रालि र 'सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल' बिच 'सफा हिमाल अभियान २०२३'  लाई सहयोग गर्ने सम्बन्धमा त्रीपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दर कुमार पान्डे, प्रमुख सेनानी किसोर अधिकारी, 'सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल' का आनन्द मिश्रा, सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवी के रायवरम र प्रवन्धक प्रेम नारायण अर्यालको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै