• २०८१ कार्तिक १ बिहीबार

साफ महिला यु–२० को फाइनलमा नेपालले आयोजक बंगलादेशको सामना गर्ने

kharibot

काठमाडौँ । जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशको सामना गर्ने भएको छ ।

मंगलबार राति सम्पन्न खेलमा बंगलादेशले भुटानलाई ५-० गोल अन्तरले पराजित गरेपछि फाइनलमा नेपाल र बंगलादेश भिड्ने भएका हुन् ।

राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा बंगलादेशले ३ खेलमा २ जित र एक बराबरी खेल्दै ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने नेपाल ३ खेलमा २ जित र एक हार बेहोर्दै ६ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको छ ।
त्यस्तै भारत तेस्रो र भुटान चौथो हुदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग ३-१ ले गुमाएको थियो भने दोस्रो खेलमा भुटानलाई ४-० ले जितेको थियो । त्यस्तै तेस्रो खेलमा भारतमाथि ३-१ को जित निकाल्दै फाइनलको यात्रा सुनिश्चित गरेको थियो ।

त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमामा नेपाललाई ३-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग गोल रहित बराबरी खेलेको थियो ।

त्यस्तै तेस्रो खेलमा भुटानलाई ५-० ले पराजित गरेको थियो ।

यस प्रतियोगितामा अहिलेसम्म नेपालकी अमिषा कार्कीले सर्बाधिक ४ गोल गरेर शिर्ष स्थानमा छन् । त्यस्तै नेपालकी प्रीति राईले २ गोल गरेकी छन् भने मनमाया दमाई र अन्जली चन्दले एक एक गोल गरेका छन् ।

अब प्रतियोगिताको फाइनल खेल विहिबार नेपाली समय अनुसार साँझ ६ बजे हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै