• २०८१ बैशाख १७ सोमबार

चेल्सीका पुर्व खेलाडी टर्कीको भूकम्पमा बेपत्ता !

kharibot

काठमाडौँ । टर्कीमा आएको शक्तिशाली भूकम्पमा चेल्सी र न्यूक्यसल युनाइटेडका पुर्व खेलाडी क्रिस्टियन अत्सु पनि बेपत्ता भएका छन् ।

गोल डट कमका अनुसार अत्सु टर्कीमा बेपत्ता भएका हुन् । ३१ बर्षिय अत्सु हाल टर्कीको क्लब हातायसपारबाट खेलिरहेका थिए । उनी २०१३ देखि २०१७ सम्म चेल्सीमा आवद्ध भएपनि उनी लोनमा अन्य क्लबबाट खेलेका थिए ।

उनले प्रिमियर लिग क्लब न्यूक्यासलबाट ११७ खेल खेलेका छन् भने ८ गोल पनि गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार हातायसपारका अन्य केहि खेलाडीको उद्दार गरिएको छ र खोजी कार्य अहिले पनि जारी रहेको छ । अत्सुको पुर्व क्लब न्यूक्यासलले सामाजिक सञ्जालमा अत्सुको बारेमा सकारात्मक समाचारको लागि प्राथना गरिरहेको उल्लेख गरेको छ ।

घानाका अत्सुले आफ्नो देशका लागि २०१२ देखि २०१९ सम्म ६५ खेल खेल्दै ९ गोल गरेका छन् ।

टर्कीमा सोमबार बिहान आएको ७.८ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म टर्की र सिरियामा गरि १८ सयभन्दा बढीको ज्यान गएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै