• २०८१ बैशाख १७ सोमबार

टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या ५०० नाघ्यो

kharibot

काठमाडौँ । दक्षिणपूर्वी टर्कीको सिमानजिकै सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०० नाघेको छ ।

भूकम्पमा परेर सिरियामा २३७ जनाभन्दा बढी टर्कीमा २८४ जनाभन्दा बढीको को मृत्यु भएको छ ।

सिरियाली स्वास्थ्य मन्त्रालयका अनुसार भूकम्पमा परी २३७ जना भन्दाबढीको मृत्यु भएको छ भने सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ६०० भन्दा बढी घाइते भएका छन् ।

त्यस्तै भूकम्पबाट टर्कीमा २८४ जनाभन्दा बढीको मृत्यु भएको उपराष्ट्रपति फुयात ओक्टाएले जानकारी दिएका छन् भने २३२३ जना भन्दा बढी घाइते भएका छन् ।

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गाजियान्टेप नजिकै स्थानीय समयअनुसार सोमबार बिहान ४: १७ बजे ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा भूकम्पको धक्का महशुस गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै