• २०८१ बैशाख १४ शुक्रबार

एमाले केन्द्रीय कमिटीको बैठक माघ २९ गते बस्ने

kharibot

काठमाडौँ । निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ ।

गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।

एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र साङ्गठिनक सुदृढीकरणबारे छलफल हुने जानकारी दिए ।

सो पार्टीको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने निर्णय गरेको हो ।

त्यसैगरी पार्टीको सचिवालय बैठक यही माघ २६ गते बस्ने भएको तय भएको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठक गत भदौ १० र ११ गते बसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै