• २०८१ बैशाख १७ सोमबार

श्रीमतीको हत्या आरोपमा पक्राउ

kharibot

सुरुङ्गा (झापा) । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

श्रीमतीको हत्या गरेसँगै शव घर नजिकैको खाल्डोमा पुरेर राखेको र शनिबार स्थानीयवासीले देखेसँगै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

उदयपुरको साविक रामपुर–२ घर भएका उनी केही समयदेखि अर्जुनधारा बसोबास गर्दै  आएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै