इटहरी । इटहरीमा मापदण्ड विपरीत सडक किनारामा निर्माण गरिएका संरचना भत्काउँन शुरु गरिएको छ ।
इटहरी उपमहानगरले यसअघि पटक/पटक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गरे पनि नहटाइएका संरचना शुक्रबारदेखि हटाउन थालेको हो ।
इटहरीमा मुख्य बजार क्षेत्रसँगै खोला तथा पैनी मिचेर निर्माण गरिएको अवैध संरचना निर्माण गरिएको उपमहानगरले जनाएको छ ।