• २०८१ बैशाख २३ आइतबार

अनौपचारिक अर्थतन्त्रलाई प्रभावकारी रुपमा नियमन गरिन्छः अर्थसचिव खनाल

kharibot

नवनियुक्त अर्थ सचिव डा.राजन खनालले अनौपचारिक अर्थतन्त्रलाई प्रभावकारी रुपमा नियमन गरिने बताएका छन् । सोमबार अर्थ सचिवमा पदवहाली भएका खनालले बढ्दै गएको अनौपचारिक अर्थतन्त्रलाई प्रभावकारी रुपमा नियमन गरिने बताएका हुन् । 

अहिले राज्य कोष मजवुद नभएको भन्दै सरकारको कोषलाई मजवुद बनाउनका लागि राजस्व परिचाललाई प्रभावकारी बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने, सार्वजनिक खर्चमा देखिएको आर्थिक अनियमितता, अनावश्यक विदेश भ्रमणलाई नियन्त्रण गर्ने र सार्वजनिक संस्थानको लगानीलाई उत्पादनमुलक बनाउन ‘सार्वजनिक संस्थान मापदण्ड’ निर्धारण गरी लागू गरिने बताए । 

पुँजी बजारको लगानी उत्पादनशील क्षेत्रमा लगानी

अहिले पूँजी बजार र आर्थिक क्रियाकलापले समग्र अर्थतन्त्रको प्रतिनिधित्व गर्न नसकेको उनको तर्क छ । अर्थसचिव खनालले पूँजी बजारमा भएको लगानीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहिने पूँजीको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । स्थानी तहको क्षमता अभिवृद्धि गर्न पर्याप्त स्रोत जुटाउनु आवश्यक रहेको उनको तर्क छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै