काठमाडौँ । फ्रेन्च कप अन्तर्गत पिएसजी प्रि-क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड ३२ को खेलमा पिएसजीले पेज डे कासेललाई ७-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको प्रि-क्वाटरफाइनलमा पुगेको हो ।
पिएसजीको जितमा किलियन एम्बाप्पेले ५ गोल गरेका थिए । त्यस्तै नेइमार र कार्लोस सोलेरले एक एक गोल गरेका थिए ।
यस खेलमा पिएसजीले लियोनेल मेसीलाई आराम दिएको थियो ।
अब प्रि-क्वाटरफाइनलमा पिएसजीले फेब्रुअरी ८ मा मार्सेलीको सामना गर्ने भएको छ ।