• २०८१ बैशाख १५ शनिबार

फुटबल खेलमा रेफ्रीले सेतो कार्ड देखाएपछि...

kharibot

काठमाडौँ । फुटबलमा पहेलो कार्ड र रातो कार्ड देखाएको त सबैले सुनेकै कुरा हो । तर पोर्चुगलमा भएको एक खेलमा रेफ्रीले सेतो कार्ड देखाएको विषय अहिले फुटबल वृतमा चर्चाको विषय बनेको छ ।

पोर्चुगलमा भएको महिला लिग अन्तर्गतको स्पोर्टिंग लिस्बन र बेनिफिकाबीचको खेलमा रेफ्रीले खेलकै इतिहासमा पहिलो पटक सेतो कार्ड देखाएकी थिइन् ।

पोर्चुगलले खेलमा 'फेयर प्ले' को अवधारणालाई प्रेरित गर्न सेतो कार्ड देखाउने नियम लागु गरेपछि पहिलो पटक यस खेलमा सेतो कार्ड देखाइएको थियो ।

खेलको पहिलो हाफभन्दा केहि मिनेट मात्र अगाडी रेफ्रीले सेतो कार्ड देखाएका थिए । खासमा खेलको दर्शक दीर्घामा उपस्थित एक दर्शक विरामी भएर लडेपछि दुवै टिमका मेडिकल टिमले तुरुन्तै मेडिकल किटसहित ति विरामीको प्राथमिक उपचार गरेका थिए । त्यसपछि रेफ्रीले दुवै टिमका मेडिकल टिमलाई सेतो कार्ड देखाएकी थिइन् । रेफ्रीले मेडिकल टिमलाई सेतो कार्ड देखाएपछि दर्शकले रेफ्रीको उठेर ताली बजाएर सम्मान गरेका थिए ।

पोर्चुगल फुटबल फेडेरेसनले फुटबलमा नैतिक मुल्यलाई बढावा दिन सेतो कार्डको नियम लागु गरेको बताएको छ । यस अघि तत्कालिन युइएफएका अध्यक्ष मिचेल प्लाटीनीले खेलाडीलाई १० मिनेटको सजाय दिन सेतो कार्डको अवधारणा ल्याएका थिए तर सो नियम लागु भएन । तर पोर्चुगलले भने खेललाई अझ राम्रो बनाउन सेतो कार्डको अवधारणा लागु गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय