काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा डेभ्यु गरेका छन् ।
गएराती सम्पन्न खेलमा रोनाल्डोले अल नासरबाट साउदी लिगमा एट्टीफाकविरुद्ध खेल्दै डेभ्यु गरेका हुन् ।
सो खेल अल नासरले १-० गोल अन्तरले जितेको थियो । अल नासरको जितमा खेलको ३१औं मिनेटमा टालिस्काले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि अल नासर लिगमा शिर्ष स्थानमा उक्लिएको छ । अल नासरको १४ खेलमा ३३ अंक रहेको छ ।
त्यस्तै एट्टीफाकको भने १४ खेलमा १६ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।









