• २०८३ कार्तिक २८ शनिबार

पेड्रीको गोलमा बार्सिलोनाको जित

पेड्रीको गोलमा बार्सिलोनाको जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा पेड्रीले खेलको ३५औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको १७ खेलमा ४४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

त्यसैगरी गेटाफेको १८ खेलमा १७ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै