• २०८१ असोज २० आइतबार

फिलिपिन्समा प्याज कुखुराको मासुभन्दा तीन गुणा महँगो

kharibot

काठमाडौँ । फिलिपिन्समा प्याजको मूल्य आकाशिएको छ । त्यहाँ कुखुराको मासुभन्दा प्याजको मूल्य झण्डै तीन गुणा बढी पुगेको छ ।

कृषि विभागका अनुसार १ किलो कुखुराको मुल्य ४ अमेरिकी डलर रहेको छ  भने १ किलो प्याज ११ डलर पुगेको सीएनएनले उल्लेख गरेको छ । मूल्य बढिरहेका बेला माग बढेपछि प्याजको तस्करी पनि सुरु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

केहि दिन दिनअघि मात्र भन्सार अधिकारीले ३ लाख डलरभन्दा बढीको प्याज बरामद गरेका थिए । पेस्ट्री बक्सको पछाडि चीनबाट तस्करी भइरहेको थियो। यसअघि डिसेम्बरमा भन्सार अधिकारीले साढे २ लाख डलरभन्दा बढिको प्याज बरामद गरेका थिए । जुन कपडाको ढुवानीमा लुकाएर ल्याइएको थियो ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जफत गरिएको प्याज बेच्ने बाटो खोजिरहेको बताए । जसले गर्दा प्याजको अभाव पूर्ति गर्न सकियोस् ।

राष्ट्रपति मार्कोसले यो साता २१ हजार मेट्रिक टन प्याज आयात गर्ने निर्णयलाई स्वीकृत गरेका छन् । तर यो प्याज जनवरी २७ सम्ममा फिलिपिन्स पुग्न सक्नेछ । प्याज फसल फेब्रुअरीमा फिलिपिन्समा आउन सुरु हुनेछ। यसपछि प्याजको मुल्य घट्ने अनुमान गरिएको छ ।

प्याज फिलिपिन्सका मानिसहरूको आहारको एक महत्त्वपूर्ण भाग हो । यहाँ हरेक महिना २० हजार मेट्रिक टन प्याज खपत हुने गरेको छ ।

गत वर्ष कैयौं पटक आएको हावाहुरीका कारण अर्बौं रुपैयाँको प्याज बाली नष्ट भएको थियो । प्याजको मूल्य बढेसँगै फिलिपिन्समा मुद्रास्फीति १४ वर्षकै उच्च विन्दुमा पुगेको छ ।

फिलिपिन्स हाउस अफ रिप्रिजेन्टेटिभका निवासी अर्थशास्त्री जोय साल्सेडाका अनुसार फिलिपिन्समा प्याजको मूल्य विश्वमा सबैभन्दा उच्च रहेको बताएका छन् ।

फिलिपिन्सका सिनेटर शेर्विन विनले प्याजको तस्करी रोक्न कार्यदल गठन गर्न माग गरेका छन् । उनले तस्करीका कारण सरकारलाई राजस्व नपाउने र बजार पनि खराब भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै