• २०८१ बैशाख २७ बिहीबार

बार्सिलोनाको जितमा मेसीको ह्याट्रिक, ३८ खेलमा अपराजित हुदै बन्यो रेकर्ड 

kharibot

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेजई ३-१ गोल अन्तरले पराजित गरेको छ । 

गएराती भएको खेलमा लियोनेल मेसीको ह्याट्रिकको मद्धतले बार्सिलोनाले लेगानेजमाथि शानदार जित हासिल गदै ला लिगामा अपराजित हुने रेकर्डको बराबरी गरेको छ ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । मेसीले खेलको २७औ, ३२औ र ८७औ मिनेटमा गोल गरेका थिए भने लेगानेजका लागि एक गोल खेलको ६८औ मिनेटमा एल जहरले गरेका थिए । 

बार्सिलोना लगातार ३८ खेलमा अपराजित हुदै ला लिगामा रियल सोसियडाडले सन १९८० मा बनाएको ३८ खेलमा अपराजित हुने रेकर्डको बराबरी गरेको छ ।

जितपछि बार्सिलोनाले ला लिगामा ३१ खेलमा ७९ अंकसहित दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग १२ अंकको अग्रता बनाएको छ । त्यस्तै लेगानेज ३१ खेलमा ३६ अंकसहित लिगको १३औ स्थानमा रहेको छ ।

मेसीले यस ह्याट्रिकसहित ला लिगामा यस सिजनमा २९ गोल गरेका छन् ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै