• २०८१ बैशाख १७ सोमबार

पपस्टार स्विफ्टको बिरालो विश्वको तेस्रो महँगो घरपालुवा जनावर !

kharibot

काठमाडौँ । पपस्टार टेलर स्विफ्टको बिरालोको ब्रान्ड मूल्य विश्वका धेरै धनी व्यक्तिहरूको नेटवर्थभन्दा बढी रहेको छ । टेलर स्विफ्टको बिरालो 'ओलिभिया बेन्सन' को ब्रान्ड भ्यालु ९७ मिलियन डलर छ । यो संसारको तेस्रो सबैभन्दा महँगो घरपालुवा जनावर हो । घरपालुवा बिरालो टेलरसँग धेरै विज्ञापन र संगीत भिडियोहरूमा देखा परिसकेको छ ।

सामाजिक सञ्जालमा पनि यो बिरालोको नाममा धेरै फ्यान क्लब चल्छन् । टेलर स्विफ्टको बिरालोको ब्रान्ड भ्यालु अन्य धेरै सेलिब्रेटिको भन्दा धेरै रहेको छ । टेलर स्विफ्टको सम्पत्तिको कुरा गर्दा उनी करिब ४५० मिलियन डलरकी मालिक रहेकी छन् ।

टेलर स्विफ्ट यो बिरालो ओलिभियाले उनीसँग धेरै विज्ञापनमा काम गरिसकेकी छिन् । यो बिरालो डाइट कोक र नेड स्निकर्सको बिग बजेट विज्ञापनमा देखा परेको छ। यस बाहेक उनी ब्ल्याङ्क स्पेस जस्ता धेरै म्युजिक भिडियोमा देखा परेकी छिन् ।

यो बिरालोको आफ्नै व्यापारिक लाइन छ। अल अबाउट क्याट्सले ‘द अल्टिमेट पेट रिच लिस्ट’ सार्वजनिक गरेको छ, जसमा टेलर स्विफ्टको बिरालो तेस्रो स्थानमा छ । पहिलो नम्बरमा गुन्थर भिआइ नामको कुकुर छ जसको कुल मूल्य ५०० मिलियन डलर रहेको छ भने दोस्रो नम्बरमा नाला नामको बिरालो छ जसको कुल मूल्य १०० मिलियन डलर रहेको छ ।

टेलरसँग ओलिभिया बाहेक टेलरसँग दुईवटा बिरालो ‘मेरिडिथ ग्रे’ र ‘बेन्जामिन बटन’ पनि छन् ।

टेलरलाई उनको बिरालो धेरै मनपर्छ । उनले एक पटक भनेकी थिइन्- 'म मेरो अपार्टमेन्टमा घन्टौं बसेर उसलाई हेर्छु । म मेरो बिरालोहरुसंग धेरै पागल छु ।'

टेलर स्विफ्टको जन्म डिसेम्बर १३, १९८९ मा अमेरिकाको पेन्सिलभेनिया सहरमा भएको थियो । उनले १० वर्षको उमेरदेखि नै गीत लेख्न र गाउन थालेकी थिइन् । २० वर्षको हुँदासम्म उनले ग्रामी अवार्ड जितिसकेका थिइन् ।

आफ्नो करियरमा उनले अहिलेसम्म ११ वटा ग्रामी अवार्ड जितिसकेका छन् । व्यक्तिगत जीवनको कुरा गर्ने हो भने, उनी हाल अंग्रेजी अभिनेता जोई एभलिनसँग डेट गरिरहेकी छिन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै