• २०८१ बैशाख २८ शुक्रबार

भीरकोट नगरपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने

kharibot

पोखरा । स्याङ्जाको भीरकोट नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बि दिने भएको छ । पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै नगरपालिकाले बिदा दिने मेयर गोविन्द कर्माचार्यले जानकारी दिए । 

विश्व हिन्दु युवा महासंघले सार्वजनिक बिदाको माग सहित ज्ञापनपत्र बुझाएको थियो । अघिल्लो वर्ष पनि स्याङ्जाका सात पालिकाले सार्वजनिक बिदा दिएका थिए । गोरखा नगरपालिकाले पनि हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । 

गोरखाबाट पृथ्वी जयन्तीकै अवसरमा एकीकरण यात्रा सुरु भएको छ । बिहीबारदेखि रिपुमर्दन गणले एकीकरण यात्रा सुरु गरेको हो । उक्त टोली धादिङ, नुवाकोट हुँदै काठमाडौं पुग्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै