• २०८१ बैशाख १७ सोमबार

बेटर होम्सको फर्निचर मेला पुस २२ गतेदेखि २४ गतेसम्म

kharibot

काठमाडौँ । नेपालको पहिलो मोडुलर किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ् प्रालिले यही पुस २२ गतेदेखि फर्निचर मेला आयोजना गर्ने भएको छ ।

घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरु बिभिन्न डिजाईनका साथ मेलमा पाइनेछन् ।

मेला काठमाडौंको सिटी सेन्टर अपोजिट, कमल पोखरीमा पौष २२ गते देखि २४ गते सम्म संचालन हुनेछ ।

काठका बिभिन्न  फर्निचरहरु उपोभोक्ताले एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था मिलाईएको आयोजक बेटर होम्स फर बेटर लिभिङकी कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन् ।

मेलामा काठका फर्निचरहरुमा आरमदायी सोफा सेट, क्लासिक बक्स पलङ ,सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल  दराज लगायतका सामाग्री उपलब्ध हुने उनले बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय