• २०८१ बैशाख १६ आइतबार

फिक्सिङको भ्रम फैलाएको भन्दै प्रमाणसहित उजुरी गर्न क्यानको आग्रह

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जारी नेपाल टी-२० लिग मा फिक्सिङ भएको विषयमा भ्रम फैलाइएको बताएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बुधबार एक विज्ञप्ति जारी गर्दै जारी नेपाल टी-२० मा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भन्ने बारेमा अनेक भ्रम फैलाइएको भन्दै यसमा क्यानको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले नेपाली क्रिकेट र राष्ट्रको नाममा ठेस पुर्याउने गरि फैलाइएका यस्ता गतिबिधि अन्त्य गर्न क्यान प्रतिबद्ध रहेको उल्लेख गर्दै फिक्सिङको बारेमा जानकारी भएमा प्रमाण सहित क्यानको केन्द्रीय कार्यालय र प्रतियोगिताको एन्टी करप्सन युनिटमा उजुरी गर्न अनुरोध गरेका छन् ।

जारी नेपाल टी-२० मा स्पट फिक्सिङ भएको भन्दै प्रतियोगितामा १० दिन सम्म कमेन्टेटरको भूमिका निभाएका सचिन तिमल्सिना प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले समेत आफ्नो टिमको एक खेलाडीलाई फिक्सिङको लागि एप्रोच गरिएको र सो विषय उजुरी गरिएको बताएका थिए ।

फिक्सिङ बारे खबर लगातार आएपछि मंगलबार गृहमन्त्री रवि लामिछानेले  यसबारेमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै