• २०८१ बैशाख २० बिहीबार

आर्मीलाई पराजित गर्दै संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

kharibot

पोखरा । संकटा क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालामा भएको आहा रारा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा संकटाले आर्मीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

संकटाको जितमा दुई विदेशी खेलाडी स्टेफेन बिनोङ र मेसुकीले एक एक गोल गरेक थिए एक गोल सुरजज्यु ठकुरीले गरेका थिए । आर्मीका लागि एक मात्र गोल नवयुग श्रेष्ठले पेनाल्टीमार्फत् गरेका थिए ।

अब यो जितपछि संकटाले सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफको सामना गर्नेछ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल मंगलबार मनाङ मर्स्याङ्दी र भुटानी युथ स्पोर्टसबीच खेल हुनेछ ।

प्रतियोगितामा चर्च ब्वाइज यस अघि नै मछिन्द्रलाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै