• २०८१ बैशाख १८ मंगलबार

कतार विश्वकपमा किर्तिमान: विश्वकपको इतिहासमै अहिलेसम्मकै सर्वाधिक गोल

kharibot

काठमाडौँ ।  कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो बर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान् बनेको छ । 

आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि चुम्न सफल भएको हो ।

कतार विश्वकप अहिलेसम्मकै सर्वाधिक गोल गर्ने प्रतियोगिता भएको छ । सन् २०२२ को विश्वकपमा १७२ गोल भएको छ । यस अघि सन् १९९८ र २०१४ को खेलहरूमा भएका समान १७१ गोलभन्दा यो एक गोल मात्र बढी हो ।

यस अघि २०१९ को विश्वकपमा कुल १६९ गोल भएका थिए भने २०१० मा १४३ गोल भएका थिए । त्यस्तै २००६ मा १४७ र २००२ मा १६१ गोल भएका थिए । 

यस विश्वकपमा स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इंग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा ६ गोलरहित बराबरी खेल भएका थिए । 

सन् २०२६ को संस्करणमा लगभग निश्चित रूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्वकप ४८ टोलीमा विस्तार हुनेछ । यसको अर्थ न्यूनतम ८० खेलहरूको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ । 

फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै