• २०८३ कार्तिक १२ बिहीबार

विश्वकपमा मेसी र एमबाप्पेले मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

विश्वकपमा मेसी र एमबाप्पेले मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

काठमाडौँ ।  यस विश्वकपमा मेसी र एम्बाप्पेले कैयौं किर्तिमान आफ्नो नाममा बनाइरहदा गुगलले पनि नयाँ रेकर्ड बनाएको छ । 

गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको  सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् ।

गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको थियो ।

अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुनरागमनलाई सशक्त बनाएपछि खेल थप रोमान्चक बनेको थियो ।

त्यसपछिको अतिरिक्त समयमा पनि दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । खेलको निर्णय पेनाल्टी सुटआउटमा मात्र भएको थियो जसमा अर्जेन्टिनाले फ्रान्सेली टोलीलाई हराएको थियो ।

यसैबीच, गुगलको ‘इयर इन सर्च २०२२’ रिपोर्टअनुसार फिफा वर्ल्ड कप भारतमा तेस्रो धेरै खोजिएको विषय बनेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै