• २०८१ बैशाख १६ आइतबार

अजय देवगनको दृश्यम- २ दुई सय करोड क्लबमा

kharibot

काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको फिल्म दृश्यम- २ भारतीय बक्स अफिसमा दुई सय करोड क्लबमा प्रवेश गरेको छ ।

फिल्मले रिलिजको २३औं दिनमा २०३.५९ करोड कमाई गरेको बलिवुडका फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेलले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको हो ।

बलिउडमा पछिल्ला दिनहरुमा फिल्म लगातार फ्लप भइरहेको अवस्थामा दृश्यम-२ ले नयाँ आशा देखाएको विश्लेषकहरुले विश्लेषण गरेका छन् ।

यो अभिनेता अजय देवगनको दुई सय करोड क्लबमा पुगेको तेस्रो फिल्म हो ।  यस अघि अजय देवगनको फिल्मले २०१७ मा गोलमाल अगेन र २०२० मा तान्हाजी दुई सय करोडभन्दा बढी कमाई गरेका थिए ।

यस फिल्ममा अजय देवगन, अक्षय खन्ना र तब्बुको प्रमुख भूमिका रहेको छ भने यस फिल्मलाई अभिषेक पाठकले निर्देशन गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै