• २०८१ बैशाख १५ शनिबार

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावमाथि आगामी संसदमा छलफल हुन्छ- सञ्चारमन्त्री कार्की

kharibot

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चोलेन्द्र शमशेर जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको बताएका छन् ।

संसद् सचिवालयका महासचिवले चोलेन्द्रलाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएको अवस्थामा मन्त्री कार्कीले आगामी संसदमा चोलेन्द्रविरुद्ध महाअभियोग प्रस्तावमाथि छलफल हुने बताएका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री कार्कीले भने- 'प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको छ । त्यो अर्को प्रतिनिधसिभामा छलफल हुने हो, त्यो विषय जीवितै छ । यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ, र छलफल भएरै निर्णयमा पुग्छ ।’

संसद सचिवालयलाई चोलेन्द्रले मंगलबार लेखेको पत्रको जवाफमा सचिवालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र आजै दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै