काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत राउण्ड १६ को खेलमा स्पेन र मोरक्कोबीचको खेल ९० मिनेटसम्म बराबरीमा सकिएको छ ।
९० मिनेटको खेल सकिदा दुवै टिम गोल रहित बराबरीमा रोकिएका छन् ।
निर्धारित ९० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि अब ३० मिनेटको अतिरिक्त समयको खेल हुने भएको छ । निकै प्रतिष्पर्धात्मक खेलमा स्पेनलाई मोरक्कोको डिफेन्सले उत्कृष्ट तरिकाले रोकेको थियो ।









