• २०८१ बैशाख १६ आइतबार

रविन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख

kharibot

काठमाडौँ । काठमाडौँ-१ बाट राप्रपाका उम्मेदवार बनेका रविन्द्र मिश्रले आफ्नो चुनाव खर्च सार्बजनिक गरेका छन् ।

मिश्रले आफ्नो चुनावको क्रममा साढे २४ लाख खर्च भएको विवरण सार्बजनिक गरेका छन् ।

मिश्रले भनेका छन्- 'हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु ।'

मिश्रले २०७४ सालको निर्वाचनमा २१ लाख ५० हजार खर्च गरेको बताएका छन् ।

आफुलाई चुनावका लागि शुभेच्छुकबाट लगभग ३३ लाख सहयोग प्राप्त भएको जानकारी दिदै निर्वाचन खर्चपश्चात बचेको लगभग ८ लाख ५० हजार 'काठमाडौँ क्षेत्र नं १ सरोकार कोष' मा जाने बताएका छन् ।

मिश्रले निर्वाचनमा हार बेहोरेपछि आफ्ना दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने घोषणा गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै