• २०८१ बैशाख १७ सोमबार

नेइमारको शानदार कमब्याक

kharibot

काठमाडौँ । फिफा विश्वकपको छैटौं चरणको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले हराएको छ । यो जितसँगै पाँच पटकको च्याम्पियन ब्राजिल टोली क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलले अन्तिम आठमा २०१८ को विश्वकपको उपविजेता क्रोएसियाको सामना गर्नेछ । सोमबार भएको प्रि-क्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो । पूर्ण समयपछि दुवै टोलीको गोल १–१ को बराबरीमा थियो ।

अतिरिक्त समयमा पनि क्रोएसिया र जापानले गोल गर्न सकेनन् । त्यसपछि खेलको नतिजा पेनाल्टी सुटआउटमा आयो । यो विश्वकपको पहिलो खेल थियो, जसमा खेल अतिरिक्त समयमा र त्यसपछि पेनाल्टीमा गएको थियो ।

यससँगै ब्राजिलको टोली विगत ३२ वर्षदेखि राउन्ड अफ १६ मा जित निकाल्दै आएको छ भने यसपटक पनि नतिजा आफ्नो पक्षमा आएको छ । यस खेलमा ब्राजिलियन स्टार नेइमारले पनि एक गोल गरेका थिए । उनले आफ्नो नाममा यस खेलमा धेरै कीर्तिमान बनाए ।

ब्राजिलले यस खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेको थियो । सातौं मिनेटमा नै भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको खाता खोलेका थिए । उनले उत्कृष्ट गोल गरे । त्यसपछि १३औं मिनेटमा नेइमारले पेनाल्टीमा गोल गरेका थिए । २९औं मिनेटमा रिचार्लिसनले उत्कृष्ट गोल गरे । यसलाई प्रतियोगिताकै अहिलेसम्मको उत्कृष्ट गोल मध्ये एक भनिएको पनि छ । त्यसैगरी ३६औं मिनेटमा लुकास पाकेटाले गोल गर्दै ब्राजिललाई ४–० को अग्रता दिलाएका थिए ।

त्यसैगरी ७६औं मिनेटमा कोरियाका लागि एकमात्र गोल पाइक सेउङ होले गरेका थिए ।

ब्राजिलले पहिलो हाफमा चार गोल गरेको थियो । यसअघि ब्राजिलले सन् १९५४ मा मेक्सिकोविरुद्ध यस्तो गरेको थियो । ब्राजिल सन् २०१४ पछि विश्वकपको नकआउटको पहिलो हाफमा चार गोल गर्ने पहिलो टोली हो । सन् २०१४ को विश्वकपको सेमिफाइनलमा ब्राजिलविरुद्ध जर्मनीले पहिलो हाफमा चार गोल गरेको थियो ।

त्यस्तै नेइमार विश्वकपको कम्तीमा तीन संस्करणमा गोल गर्ने तेस्रो ब्राजिलियन खेलाडी बनेका छन् । नेयमारले सन् २०१४, २०१८ र २०२२ को विश्वकपमा गोल गरेका छन् । नेइमार भन्दा पहिले महान फुटबलर पेले (१९५९, १९६२, १९६६, १९७०) र रोनाल्डो नाजारियो (१९९८, २००२, २००६) ले यस्तो गरेका छन् । यस मामिलामा पेले नेइमार र रोनाल्डोभन्दा अगाडि छन् । नेइमारले रोनाल्डोको बराबरी गरे ।

नेइमारले पेनाल्टीमा गोल गरेका थिए । यो उनको ७६औं अन्तर्राष्ट्रिय गोल थियो । यस मामिलामा पेलेभन्दा नेइमार मात्र एक गोल पछि छन् । एक गोलसँगै उनले ब्राजिलका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान बराबरी गर्नेछन् ।

नेइमारले ब्राजिलका लागि अन्तिम ६ गोल पेनाल्टीमा गरेका छन् । नेइमार यस विश्वकपको पहिलो खेलमा घाइते भएका थिए र समूह चरणका बाँकी दुई खेल खेलेका थिएनन् । टोलीमा फर्किने बित्तिकै उनले यो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी यस खेलका प्लेयर अफ द म्याच समेत बने ।

नेइमारले ब्राजिलका लागि अहिलेसम्म १२३ खेलमा ७६ गोल गरेका छन् भने ५५ गोल असिस्ट पनि गरेका छन् । 

सन् १९९८ पछि पहिलो पटक ब्राजिलले विश्वकपको नकआउट चरणमा चार गोल गरेको छ । सन् १९९८ मा ब्राजिलले चिलीलाई ४–१ ले हराएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै