• २०८१ बैशाख १४ शुक्रबार

समुह चरणमा 'सरप्राइज' ले भरिएको विश्वकप

kharibot

काठमाडौँ । फिफा विश्वकपमा समूह चरणका खेलहरु सकिएर राउण्ड १६ का खेलहरु शुरु भएका छन् । यसपटकको प्रतियोगितामा अहिलेसम्म कुनै पनि टोली उपाधिको प्रष्ट दावेदार देखिँदैन । कारण सानो र हल्का मानिने धेरै देशहरूले दिग्गजहरूलाई हराइरहेका छन् । समुह चरणका खेलहरुमा यस्ता खेलहरु भए जसले विश्वकपको दाबेदार मानिएका देशहरुलाई कमजोर मानिएका देशले हराइदिए ।

विश्वकप सुरु हुनुअघि ब्राजिल, फ्रान्स, इंग्ल्याण्ड, जर्मनी र बेल्जियमलाई उपाधिका बलियो दावेदार मानिन्थ्यो । तर, जर्मनी र बेल्जियम भने समूह चरणबाटै बाहिरिए । अर्जेन्टिना, ब्राजिल, स्पेन जस्ता टोलीहरू अगाडि बढेपनि लिग चरणमा भने हार बेहोरेका थिए ।

यस रिपोर्टमा यस विश्वकपमा भएका केहि उलटफेर भएका खेलको बारेमा चर्चा गर्दैछौं:  

साउदी अरेबियासँग हार्यो अर्जेन्टिना

फिफा विश्वकप २०२२ मा साउदी अरेबियाले सबैभन्दा ठूलो अपसेट बनायो । साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले हराएको थियो । अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा अन्ततः कतारमा साउदी अरेबियाले रोकेको थियो ।

ट्युनिसियाले फ्रान्सलाई हरायो 

दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको समूह डीको अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० ले हराएको थियो । फिफा वरियतामा ३०औं स्थानमा रहेको ट्युनिसियाले चौथो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएको थियो । यस खेलमा छनोट पक्का भएका कारण फ्रान्सले आफ्ना उत्कृष्ट खेलाडीलाई मैदानमा उतारेको थिएन । 

जापानले स्पेन र जर्मनीलाई हरायो 

समूह ‘ई’ मा भएको खेलमा जापानले जर्मनी र स्पेनलाई २-१ गोल ​​अन्तरले पराजित गरेर सनसनी मच्चाएयो । यो जितसँगै जापानले २० वर्षपछि प्रतियोगिताको नकआउट चरणमा स्थान पक्का गर्न सफल समेत भयो । यति मात्र होइन जापान आफ्नो समुहमा विजेता बन्यो भने जर्मनी विश्वकपको समुह चरणबाटै बाहिरियो ।

बेल्जियम प्रतियोगिताबाट बाहिर

बेल्जियम फिफा विश्वकप २०२२ बाट बाहिरियो । यसअघि सन् २०१८ को विश्वकपमा बेल्जियम तेस्रो नम्बरमा थियो । यससँगै सन् २०१४ को विश्वकपमा टोली क्वार्टरफाइनलसम्म पुगेको थियो । विश्वकपको दावेदार मानिएको बेल्जियम टोलीको बाहिरिदा विश्वभरका फ्यान स्तब्ध बनेको छन् ।

पोर्चुगललाई दक्षिण कोरियाले हरायो 

विश्वकपको समुह चरणको अन्तिम खेलमा बलियो मानिएको पोर्चुगललाई दक्षिण कोरियाले २-१ गोल अन्तरले हराएर सरप्राइज दियो । यद्यपी पोर्चुगल राउण्ड १६ मा यसअघि नै छनौट भइसकेकोले उसलाई फरक भने परेन तर दक्षिण कोरिया भने यो जितपछि राउण्ड १६ मा छनौट भयो र बलियो मानिएको उरुग्वे विश्वकपबाट बाहिरियो ।  

विश्वकपमा पहिलो पटक ब्राजिल अफ्रिकी टोलीसँग पराजित 

फिफा विश्वकपको समूह जी को अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई १–० ले हराएर सबैलाई चकित बनायो । योसँगै क्यामरुन विश्वकपमा ब्राजिललाई हराउने पहिलो अफ्रिकी राष्ट्र बन्यो । तर, जितपछि पनि क्यामरुन प्रि-क्वार्टरफाइनलमा पुग्न भने सकेन ।

विश्वकपमा उतारचढाव

यो विश्वकपमा सानो टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । यसको मुख्य कारण यी धेरै टोलीहरूबाट केही छनौट खेलाडीहरू ठूला युरोपेली क्लबहरूबाट खेल्न जान्छन् । जसरी दक्षिण कोरियाका ह्वाङ म्यान सन इंग्ल्याण्डको क्लब टोटनह्यामबाट खेल्छन् । अहिले एसियाली, अफ्रिकी र युरोपेली टोलीबीच खासै भिन्नता छैन किनभने यी टोलीका अधिकांश खेलाडी एउटै क्लबबाट खेल्छन् ।

सुधारिएको सुविधा र लिग संरचना

साना टोली भएका देशहरूमा सुविधा र लिग संरचनामा सुधार भएको छ । टोलीसँग अहिले एनालिटिक्स, विदेशी प्रशिक्षक र राम्रो मैदानको सुविधा छ । जसका कारण  अहिले अन्य टिमको खेल राम्ररी बुझ्न सक्ने भएका छन् । अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मोरक्को र साना टोलीले यस विश्वकपमा सबैलाई चकित पार्दै राउन्ड अफ १६ मा आफ्नो स्थान पक्का गरेका छन् । यद्यपी अस्ट्रेलिया भने राउण्ड १६ मा अर्जेन्टिनासँग पराजित भएपछि बाहिरिएको छ ।

कम आक्रमणमा धेरै गोल

यस विश्वकपमा विगतका वर्षहरूमा भएका विश्वकपको तुलनामा कम आक्रमण भएमा गोल गर्ने सम्भावना बढेको छ । फुटबल वेबसाइट ओप्टा एनालिसिसका अनुसार यस पटक कम आक्रमणमा बढी गोल गरिएको छ । अर्थात्, प्रत्येक गोलको लागि, आक्रमण विश्व कपको बाँकी खेलहरूको तुलनामा कम पटक भएको छ । यस विश्वकपमा गोलको लागि औसत ८.६ शट खेलिएको थियो । २०१८ मा गोल गर्दा ९.६ सट र २०१४ को विश्वकपमा ९.९ सट रहेको थियो । यसबाहेक सन् २००२ को विश्वकपमा गोल गर्न औसत ११.२ शट रहेको थियो । साना टोलीहरू सामान्यतया कम आक्रमणका अवसरहरू सिर्जना गर्न सक्षम भएको यस विश्वकपमा देखिएको छ । 

विवादमा भार 

यो वर्ष विश्वकपमा भीएआर अर्थात् भर्चुअल असिस्टेन्ट रेफ्री विवादले भरिएको छ । स्पेन विरुद्ध जापानको विवाद र इक्वेडरले कतार विरुद्धको इनर भ्यालेन्सियाको गोललाई अस्वीकार गर्नु पनि समावेश छ । प्रविधि भए पनि यस्ता निर्णय लिँदा फ्यानमा आक्रोश रहेको छ । साना टोलीहरूले पनि भारका  गल्तीहरूको फाइदा पाएका छन् । यद्यपि, यो धेरै अवसरहरूमा बलियो टोलीहरूको पक्षमा पनि गएको छ ।

जापानको सरप्राइज 

यस विश्वकपमा जापानी टोलीले दुई पूर्व च्याम्पियनलाई पराजित गरेको छ । त्यसले पहिले जर्मनी र त्यसपछि स्पेनलाई हराएर विश्व फुटबललाई सरप्राइज दिएको छ । जापानका ५ खेलाडी इंग्ल्याण्डको प्रिमियर लिग र १४ खेलाडी स्पेनको ला लिगामा खेल्छन् । यस कारण, उसलाई युरोप र यसको फुटबलको राम्रो बुझाइ रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै