• २०८१ बैशाख २० बिहीबार

विश्वकपबाट बाहिरिएपछि मेक्सिकोका प्रशिक्षक बर्खास्त

kharibot

काठमाडौँ । मेक्सिकोले विश्वकपबाट बाहिरिएसँगै आफ्ना प्रमुख प्रशिक्षकलाई बर्खास्त गरेको छ ।

मेक्सिकोले आफ्ना प्रशिक्षक गेरार्डो मार्टिनोलाई बर्खास्त गरेको हो । विश्वकपको समुह सी अन्तर्गत मेक्सिको पोल्याण्डसँग ४-४ अंकको बराबरी भएपनि पोल्याण्डसँग गोल अन्तरको अधारमा पछि परेपछि बाहिरिएको हो ।

मेक्सिकोले गएराती सम्पन्न खेलमा साउदी अरेबियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

मेक्सिको १९७८ पछि पहिलो पटक समुह चरणबाट बाहिरिएको छ । 

मार्टिनोले खेलपछि आयोजित पत्रकार सम्मेलनमा विश्वकपबाट बाहिरिनु आफ्नो कमजोरी भएको बताउदै आफुले जिम्मेवारी लिने बताए । उनले यो खेल सकिना साथ मार्टिनोले आफु प्रशिक्षकको रुपमा नरहने बताएका थिए ।

यस विश्वकपमा मेक्सिकोले यस विश्वकपमा पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै