• २०८१ बैशाख १७ सोमबार

भाइरल हिउ चितुवाको 'फेक तस्बीर' बारे अमेरिकी दुताबासको प्रतिक्रिया, पोष्ट हटाउने

kharibot

काठमाडौँ । नेपालको खुम्बु क्षेत्रमा अमेरिकी फोटोग्राफर भन्ने कित्तिया पाव्लोभ्स्कीले खिचेको दाबि गरिएको भाइरल हिउ चितुवाको तस्बीर 'फेक' भएको रिपोर्ट बाहिर आएपछि काठमाडौँस्थित अमेरिकी दुताबासले आफ्नो प्रतिकिया दिदै सो तस्वीरसहितको पोष्ट हटाउने भएको छ ।

अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो जुन त्यतिबेला निकै चर्चित पनि भएको थियो ।

अहिले आएर फ्रान्सेली म्यागाजिन अल्पाइनले यो तस्बीर फेक भएको विषय सार्बजनिक गरेको छ । अल्पाइनले विभिन्न विज्ञहरूको राय र प्रमाण सहित यो तस्बीर फ्फेक भएको बताएको छ । अल्पाइनको यो रिपोर्ट सार्बजनिक भएपछि फोटोग्राफर कित्तिया सामाजिक सञ्जालबाट बेपत्ता भएकी छिन् । उनले आफ्ना सामाजिक सञ्जालका एकाउन्टहरु डिलिट गरेकी छन् । 

एल्पाइनले सगरमाथा क्षेत्रमा उभिएकी कितियाको आफ्नै फोटो पनि शङ्कास्पद रहेको बताएको छ । उनको कपालको चुल्ठो जुन फोटोमा देखिन्छ, त्यसमा शङ्का गर्नुपर्ने गरी देब्रे कुहिनाको पछाडि कपालको अंश झोलाको माथिपट्टि देखिन्छ । तर, उनी उभिएर हिमालतिर हेर्दै गरेको फोटोमा उनको मुहार प्रष्ट छैन । एल्पाइनले भनेको छ- यदि कोही साँच्चै सगरमाथा क्षेत्रमा पुगेको छ र आफ्नो फोटो खिचेको छ भने जस्ताको तस्तै फोटो देखाउन आपत्ति के छ ?

अहिले पनि कित्तियाको वेबसाइटमा उनको यात्रा विवरण र तस्बिरहरू यथावत छन्, जहाँ उनले आफूले अमेरिकी दूतावाससँग काम गरेको दाबी पनि गरेकी छन् ।

तर दुताबासले आफुले केही समयअघि हामीले सेयर गरेका तस्बिरहरू हटाउने र उनले दाबी गरेजस्तो उनीसँग कुनै साझेदारी नरहेको स्पष्ट गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै