• २०८१ बैशाख १८ मंगलबार

वेल्सका गोलकिपर हेनेसीले पाए कतार विश्वकपको पहिलो रातो कार्ड

kharibot

दोहा । वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएका  छन् । उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण रातो कार्ड दिइएको हो । 

स्टपरलाई शुरुमा पहेँलो कार्ड दिइएको थियो तर भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि ८६औं मिनेटमा रातो दिएको हो ।

यस खेलमा इरानले वेल्सलाई २-० ले पराजित गर्दै महत्वपूर्ण जित निकालेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै