कालिकोट । कालिकोटबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
शाहीले २४ हजार ४७४ मत प्राप्त गरेर जित हासिल गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ ले १६ हजार ४१० मत पाएका छन् ।
माओवादीका शाहीले ८ हजार ६४ मत अन्तरले जित हासिल गरेका हुन् ।
शाहीले यसअघि ०७० र ०७४ मा पनि उनले चुनाव जितेका थिए । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् ।