• २०८१ बैशाख २३ आइतबार

चितवन-३ मा विक्रम पाण्डेलाई ९ हजार बढीको अग्रता 

kharibot

चितवन । चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले आफ्नो अग्रता बढाएका छन् । 

मत गणनाको पछिल्लो अपडेट अनुसार पाण्डेले ३० हजार ६ सय ५६ मत प्राप्त गरेका छन् ।

अहिलेसम्मको मतगणना अपडेट अनुसार पाण्डेले ९ हजार ३ सय ३७ मतको अग्रता लिएका छन् ।

त्यसैगरि माओवदी केन्द्रका उम्मेदवार भोजराज अधिकारीले २१ हजार ३ सय १९ मत ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जिता बरालले १३ हजार ८ सय ९४ मत प्राप्त गरेकी छिन् ।

स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १० हजार ३ सय ३७ मत ल्याएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै