काठमाडौँ । नुवाकोट-२ मा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले फराकिलो अग्रता हासिल गरेका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार केसीले १५ हजार २३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ९ हजार ८१४ मत प्राप्त गरेका छन् ।
अहिले पाण्डेलाई केसीले ५ हजार ३४१ मतले उछिनिरहेका छन् ।
त्यस्तै नेकपा एमालेका नारायणप्रसाद खतिवडाले ८ हजार ९९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।