काठमाडौँ । रौतहट-३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेका एमालेका पुर्व नेता प्रभु शाह विजयी भएका छन् ।
प्रभु शाहले ३२ हजार ४३७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २०० मत प्राप्त गरेका थिए ।
प्रभ शाहले एमालेले आफु निकटहरुलाई टिकट नदिएको भन्दै अन्तिम समयमा स्वतन्त्र रुपमा मनोनयन गरेका थिए ।