काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत जापानले जर्मनीमाथि शानदार जित निकालेको छ ।
बुधबार सम्पन्न खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
जापानको जितमा रिटसु डोआन र टाकुमा असानोले एक एक गोल गरेका थिए ।
खेलको ३३औ मिनेटमा जर्मनीका इके गुनडोगनले पेनाल्टीमार्फत गोल गरेर अग्रता लिएको भएपनि जापानले दोस्रो हाफको अन्तिम समयमा खेलमा पुनरागमन गर्दै २ गोल गरेको थियो ।
एशियामा आयोजित यस विश्वकपमा एशियाली टिमले राम्रो प्रदर्शनको शुरुवात गरेका छन् । यस अघि समुह सी को खेलमा साउदी अरेबियाले उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
यो जितपछि समुह ई मा जापानले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।