गुल्मी । गुल्मी-२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् ।
विष्टले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई २०३४ मत अन्तरले पराजित गरेका हुन् ।
विष्टले कुल २८ हजार ४७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी छन् ।
विष्ट यसअघि पनि यसै क्षेत्रबाट लगातार विजयी हुदै आएका छन् ।