दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । अहिलेसम्म शर्मा पोखरेलभन्दा १६८४ ले अगाडी रहेकी छन् ।
यस क्षेत्रमा कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ ।