• २०८१ बैशाख २० बिहीबार

लेवानडोस्कीको पेनाल्टी बचाएर मेक्सिकोले पोल्याण्डलाई बराबरीमा रोक्यो

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत पोल्याण्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिएका छन् ।

मंगलबार राति सम्पन्न खेलमा पोल्याण्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिएका हुन् ।

यस खेलमा पोल्याण्डका लागि रोबेर्ट लेवानडोस्कीले खेलको ५८औं मिनेटमा पाएको पेनाल्टी मेक्सिको गोलकिपरले रोकेपछि पोल्याण्डले अग्रता लिने अवसरबाट चुकेको थियो ।

अहिलेसम्म विश्वकपमा गोल नगरेका लेवानडोस्कीले विश्वकपमा आफ्नो पहिलो गोल गर्ने अवसर पनि गुमाएका छन् ।

यो बराबरीपछि समुह सीमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै ३ अंक बटुलेको छ भने पोल्याण्ड र मेक्सिकोको १-१ अंक भएको छ । त्यस्तै अर्जेन्टिनाले पहिलो खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै