• २०८१ बैशाख १८ मंगलबार

इक्वेडरका कप्तान भलेन्सियाले गरे कतार विश्वकपको पहिलो गोल

kharibot

काठमाडौँ । कतार विश्वकपमा इक्वेडरका कप्तान इनर भलेन्सियाले प्रतियोगिताको पहिलो गोल गरेका छन् ।

खेलको १६औं मिनेटमा इक्वेडरले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै ३३ बर्षिय भलेन्सियाले यस विश्वकपकै पहिलो गोल गरेका छन् ।

भलेन्सियाले खेलको तेस्रो मिनेटमा पनि गोल गरेका थिए तर भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि सो गोल मान्य भएको थिएन ।

यो गोलसँगै इक्वेडरले आयोजक कतारविरुद्ध १-० को अग्रता हासिल गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय