• २०८१ बैशाख १५ शनिबार

यी तीन देशमा रोजगारीका लागि एकै वर्षमा लाख बढी पुगे

kharibot

काठमाडौं । कोरोना महामारीकाबीच पनि एक वर्षको अवधिमा रोजगारी खोज्दै विश्वका तीन देशमा एक÷एक लाखभन्दा बढी नेपाली गएको पाइएको छ । 

एक वर्षको अवधिमा एक÷एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै गएका तीनवटै खाडी राष्ट्र हुन् । ती हुन्– साउदी अरेबिया, कतार र युनाइटेड अबर इमिरेट्स (युएई) । 

तीनवटै देशमा गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा एक÷एक लाखभन्दा बढी नेपाली गएका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा ६ लाख ३० हजार ९० जना नेपाली विश्वका १४८ देश पुगेका थिए । तीमध्ये तीन वटा देशमा मात्र एक÷एक लाखभन्दा बढी नेपाली गएका थिए । 

वैदेशिक रोजगारीमा जानेमध्ये ४९ हजार १२८ जना महिला र ५ लाख ८० हजार ९६२ जना पुरुष थिए । 

रोजगारी खोज्दै गत आर्थिक वर्ष सबैभन्दा बढी नेपाली साउदी अरेबिया पुगेका थिए । उक्त वर्ष १ लाख ८८ हजार ६९२ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेको विभागले जनाएको छ । 

विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा १ लाख ८४ हजार ९२६ हजार र युएईमा १ लाख २२ हजार ६३५ जना नेपाली पुगेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै