• २०८१ बैशाख २२ शनिबार

बाबुरामको मनिषा कोइराला लक्षित टिप्पणी: गणतन्त्र उल्टिदैन, समय बर्बाद नगरौं

kharibot

काठमाडौँ ।  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बगेको खोलो फर्किदैन भन्दै राजतन्त्र फेरी नआउने बताएका छन् ।

सामाजिक सञ्जालमा शनिबार बिहान टिप्पणी गर्दै डा. भट्टराईले जतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका हुन् । 

शुक्रबार राप्रपाको कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाको सम्बोधनतर्फ लक्षित गर्दै डा. भट्टराईले जतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताउदै यस्ता उडन्ते कुरालाई महत्व नदिन र समय र शक्ति बरबाद नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्-

बगेको खोलो फर्कदैन ! ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ ! प्रकृति र समाज विकासको शाश्वत नियम यही हो । अतः जतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिदैन । यस्ता उडन्ते कुरालाई महत्व नदिऊॅ!समय र शक्ति बरबाद नगरौं !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै