• २०८१ बैशाख १४ शुक्रबार

निराशाजनक विश्वकपपछि अफगानिस्तानका कप्तान नाबीको राजीनामा

kharibot

काठमाडौँ । टी–२० विश्वकपमा निराशाजनक खेलपछि अफगानिस्तान क्रिकेट टोलीको कप्तान मोहम्मद नाबीले राजीनामा दिएका छन् ।

ट्वीट गर्दै नाबीले आफुले कप्तानी छोडेको जानकारी गराएका छन् ।

उनले लेखेका छन्-  'हाम्रो टी-२० विश्वकप यात्रा समाप्त भयो । प्रतियोगितामा फ्यान र हाम्रो अपेक्षा अनुसारको नतिजा आएको छैन । खेलको नतिजाबाट हामी धेरै निराश छौं । विगत एक वर्षदेखि हाम्रो टोलीको तयारी कुनै पनि कप्तानले ठूलो प्रतियोगिताका लागि चाहेजस्तो थिएन ।'

अफगानिस्तानले प्रतिष्पर्धात्मक खेलमा शुक्रबार आयोजक अस्ट्रेलियासँग ४ रनको हार बेहोर्दै विश्वकपको यात्रा टुंगाएको थियो ।

सुपर १२ को समुह १ मा रहेको अफगानिस्तानले ५ खेलमा २ अंक हासिल गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै