काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रको सहकार्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कालिकोटका प्रेमबहादुर शाहीलाई छात्रवृति प्रदान गरेको छ ।
आइसिएफसि फाइनान्सले तिलिङ्गाटार माध्यमिक विद्यालय, टोखा नगरपालिका–७ धापासी, काठमाण्डौमा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा अध्ययनरत कालिकोट जिल्ला शुभ कालिका गाउँपालिका वडा नं. ३ बस्ने प्रेम बहादुर शाहीलाई ५० हजारको छात्रवृत्ति प्रदान गरेको छ ।
उक्त रकम एक कार्यक्रम मार्फत यस कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।