• २०८३ असोज ३ शनिबार

न्यूक्यासल युनाइटेडसँग टोटनह्याम स्तब्ध

न्यूक्यासल युनाइटेडसँग टोटनह्याम स्तब्ध

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ । 

आइतबार राति सम्पन्न खेलमा न्यूक्यासलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

न्यूक्यासलको जितमा कलुम विल्सन र मिगुएल अल्मिरोनले एक एक गोल गरेका थिए ।  त्यस्तै टोटनह्यामका लागि एक गोल ह्यारी केनले गरेका थिए । 

यो जितपछि न्यूक्यासल युनाइटेडको १२ खेलमा २१ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै टोटनह्यामको १२ खेलमा २३ अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै