काठमाडौँ । श्रीलंकाका लेखक शेहान करुणातिलाकाले आफ्नो कृति ‘द सेभेन मुन्स अफ माली अल्मेडा’ का लागि बेलायतको बुकर पुरस्कार जितेका छन् ।
देशको साम्प्रदायिक द्वन्द्वबीच हत्या गरिएका पत्रकारको बारेमा पुस्तकमा लेखिएको छ ।
४७ वर्षीय करुणातिलाका बुकर पुरस्कार जित्ने दोस्रो श्रीलंकाली हुन् । यसअघि सन् १९९२ मा माइकल ओन्डात्जेले ‘द इंग्लिश पेसेन्ट’ का लागि सो पुरस्कार प्राप्त गरेका थिए ।
पुरस्कारको राशि ५० हजार युरो रहेको छ ।