• २०८१ बैशाख १७ सोमबार

आज एल क्लासिको, कसले जित्ला ?

kharibot

काठमाडौँ । यस सिजनको पहिलो एल क्लासिको आज हुदै छ । रियल म्याड्रिडको घरेलु मैदानमा एल क्लासिको हुदै छ । 

यो एल क्लासिकोको इतिहासमा २८४औँ खेल हुने छ । त्यस्तै ला लिगाको भने १८५औ खेल हुने छ । 

अहिलेसम्म एल क्लासिकोको इतिहासमा २८३ खेलमा बार्सिलोनाले ११७ खेल जितेको छ भने रियल म्याड्रिडले भने १०४ खेल जितेको छ । त्यस्तै ६२ खेल बराबरीमा रोकिएका छन् ।  

तर ला लिगाको इतिहासमा रियल म्याड्रिडले ७६ खेल जितेको छ भने बार्सिलोनाले ७३ खेल जितेको छ । त्यस्तै ३५ खेल बराबरीमा रोकिएका छन् । 

ला लिगा अन्तर्गतको यो एल क्लासिको दुवै क्लबका लागि महत्वपूर्ण रहेको छ । अहिले ला लिगामा अहिलेसम्म ८-८ खेलमा दुवै क्लबको २२-२२ अंक रहेको छ । गोल अन्तरको आधारमा बार्सिलोना शिर्ष स्थानमा रहेको छ । 

यस एल क्लासिकोमा रोबेर्ट लेवानडोस्की पहिलो पटक खेल्दै छन् । यसै सिजनको शुरुवातमा बार्सिलोना पुगेका लेवानडोस्की राम्रो फर्ममा रहेका छन् । बार्सिलोनाको च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन नभएपनि ला लिगामा राम्रो प्रदर्शन गरिरहेको छ ।  

यस एल क्लासिकोमा लेवानडोस्की भर्सेज करिम बेन्जमाको रुपमा हेरिएको छ । यस सिजनमा बेन्जमाले ९ खेल खेलेका छन् भने ४ गोल र एक असिस्ट गरेका छन् । त्यस्तै लेवानडोस्कीले भने १२ खेलमा १४ गोल गरेका छन् भने २ गोल असिस्ट गरेका छन् । 

समग्रमा रियल म्याड्रिड ला लिगा र च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरिरहेको छ ।  रियल म्याड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको छ भने बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहरिने सम्भावना बढी रहेको छ ।

यस अवस्थामा यस खेलको विजेता ला लिगाको शिर्ष स्थानमा हुने छ । 
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै