• २०८१ बैशाख १५ शनिबार

करण जोहरले छोडे ट्वीटर

kharibot

काठमाडौँ । बलिवुडका चर्चित निर्माता, निर्देशक करण जोहरले सामाजिक सञ्जालमा ट्वीटर छोडेको घोषणा गरेका छन् ।

करणले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूलाई नकारात्मकताबाट हैरान भएर ट्विटर छोड्ने निर्णय गरेको जानकारी दिएका छन् ।

करणले आफ्नो अन्तिम ट्वीटमा गुडबाय ट्विटर भन्दै लेखेका छन्- ‘यो थप सकारात्मक उर्जाको लागि ठाउँ बनाउनको लागि पहिलो कदम हो । अलविदा ट्विटर ।'

ट्वीटरमा जोहरको निकै आलोचना हुने गरेको थियो । उनीमाथि बलिवुडमा नातावादलाई फैलाएको आरोप लाग्ने गरेको छ । यो ट्वीटमा पनि धेरैले उनको आलोचना गरेका छन् । कमेन्ट गर्दै एक प्रयोगकर्ताले उनको चर्चित शो कफी विथ करणलाई पनि इन्टरनेटबाट हटाउन आग्रह गरेका छन् । ति प्रयोगकर्ताले भने- 'सर, यदि तपाई सम्पूर्ण भारतमा शान्ति र खुशी चाहनुहुन्छ भने इन्टरनेटबाट 'कफी विथ करण' फोहोर पनि हटाउनुहोस् ।'

खासगरि अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा नातावादको विरोधमा करणविरुद्ध आक्रोश बढेको थियो । यस मामिलामा करणलाई सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै