• २०८१ बैशाख २० बिहीबार

महोत्तरी-भारतीय पाहुनालाई सीमामै स्वागत

kharibot

महोत्तरी । विश्व पर्यटन दिवसका अवसरमा नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले नेपाल भित्रिने भारतीय पर्यटकलाई सीमा नाकामै स्वागत गरेको छ ।

आज ४३ औँ विश्व पर्यटन दिवसका अवसरमा सङ्घका पदाधिकारीले जिल्लाको भारतीय सीमावर्ती प्रवेश नाका भिठ्ठामोरमा नेपाल भित्रिने यात्रीलाई पूmलमाला लगाई मिठाई ख्वाएर स्वागत गरेका हुन् ।  जिल्लाका नेपाल भारत दोहोरो आवागमनका नाकाहरु सम्सी र मटिहानीमा पनि भारतीय पाहुनालाई स्वागत गरिएको छ ।  

दिवसका अवसरमा सङ्घले जिल्लाभित्रका सबै होटल तथा लजहरुमा विशेष छुटसहितको सेवा घोषणा गरेको छ । सेप्टेम्बर २५, २६ र २७ का लागि खानेपिउने कुरामा १५ र आवासमा २५ प्रतिशत छुट दिइने सङ्घका जिल्ला अध्यक्ष सुदीप कार्की ‘रेवन्त’ले जानकारी दिए । यो सेवा जिल्लाका सबै होटल तथा लजले दिइरहेका छन् ।

सबै ग्राहकका लागि यो सुविधा दिइएको सङ्घले जनाएको छ । दिवसका अवसरमा आज बर्दिबासमा पञ्चेबाजासहितको विभिन्न वेशभूषाको सांस्कृतिक र्याली आयोजना गरिएको थियो ।र्यालीमा होटल व्यवसायी, उद्यमीव्यापारी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय सर्वसाधारणको उपस्थिति थियो । सङ्घले आजै बर्दिबास हटियाचोकमा नगर सरसफाइ कार्यक्रम पनि सम्पन्न गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै