• २०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानमाथि इङल्याण्डको सहज जित

kharibot

काठमाडौं । घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इङल्याण्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ ।

२ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो ।  पाकिस्तानका  शान मसुदले सर्वाधिक ६६ रन बनाए । यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे । इङल्याण्डका मार्क उडले ३विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनायो । उसका बेन डुकेटले ७० तथा  ह्यारी ब्रुक्सले ८१ रन बनाए । यस्तै, विल ज्याक्सले ४० रनको योगदान गरे । पाकिस्तानका  उस्मान कादिरले २ विकेट लिए ।

यो जितपछि ७ खेलको सिरिजमा इङल्याण्ड २-१ ले अगाडी भएको छ । अब सिरिज अन्तर्गतको चौथो खेल आइतबार हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै